back

महालक्ष्मीद्धारा उद्यमीलाई ३५ लाख सहयोग

ललितपुर । महालक्ष्मी नगरपालिकाले ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत यहाँका उद्यमीलाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्दै आएका व्यक्तिको व्यवसाय बढाउन महालक्ष्मीले सो मूल्य बराबरको रकम सहयोग गरेको हो ।

नगरपालिकामा विभिन्न उद्यम गरेर बसेका व्यक्तिहरुमध्ये २५ लाई उनीहरुको कामका मूल्याङ्कनका आधारमा ३५ लाख सहयोग गरेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, “पहिलो चरणमा छनोट भएकाले उत्साहका साथ काम गर्नुहुनेछ । कार्यक्रममा ८८ उद्यमीको निवेदन परेकामा २५ को पूँजी लगानी सीमा, आर्थिक अवस्था, उद्यमसँग सम्बन्धित सीप, रोजगारी सृजना गर्ने क्षमता आदि हेरेर चेकका साथै व्यवसायको साइन बोर्ड समेत हस्तान्तरण गर्यौं।” नगरपालिकाले उद्यमी हितमा प्रविधि हस्तान्तरण गर्नाका साथै व्यवसाय स्तरोन्नतिमा सहयोग र उत्पादीत बस्तुलाई बजारीकरण समेत गरिदिने योजना बनाएको श्रेष्ठले जानकारी गराए ।

कार्यक्रमले भविष्यमा नयाँ तवरको व्यवसायी उत्पादनमा प्रेरणा मिल्ने उपप्रमुख निर्मला थापाले बताइन् ।

महालक्ष्मीले आउँदो आर्थिक वर्ष २०७८–०७९ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्र राम्रा उद्यमी विकासका लागि वातावरण प्रदूषण गर्ने उद्योगहरु स्थापना एवं सञ्चालनमा रोक, महिला, आदिवासी, अपाङ्गता भएका व्यक्तिले सामूहिक रुपमा सञ्चालन गरेको उद्योग तथा व्यवसाय दर्ता एवं वार्षिक करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

यसैगरी नगरपालिका भित्र सञ्चालन भइरहेका परम्परागत ढाका, सुकुल, माटोका भाँडाकुँडा, हस्तकाला सम्बन्धित घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्न महालक्ष्मीले वार्षिक करमा दिँदै आएको २५ प्रतिशत छुटलाई निरन्तरता दिनाका साथै सो वस्तु बजारीकरणमा सहयोग गर्न कोसेली घर सञ्चालन गरिदिने योजना सार्वजनिक गरको थियो ।

२०७८ असार १३ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...