मर्स्याङ्दीमा पुल पंछाउने क्रममा जेसिबी नै फस्यो, अपरेटरको सकुशल उद्धार

वि.सं.२०७८ असार १३ आइतवार

काठमाडौँ । मर्स्याङ्दीमा पुल पंछाउने क्रममा जेसिबी नै फसेको छ । जिल्लाको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमाथिको मोटरेबल पुलमा नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर नै फसेका हुन् । यद्यपी अपरेटरलाई भने सकुसल उद्धारा गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनले अपरेटलाई उद्धार गरेको बताउँदै मौसम अनुकूल भएपनि जेसिबी निकाल्ने निकालिने जानकारी गराए ।
जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको छ । उक्त डोजर जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर हो ।
नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो । पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो । पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ । नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ ।
२०७८ असार १३ गते प्रकाशित

प्रकाशित समय : ०६:०४ बजे