‘हाम्रो परिवार राम्रो परिवार’द्धारा नमुना चर्चलाई खाद्यान्न सहयोग
वि.सं.२०७८ असार १३ आइतवार
काठमाडौँ । हाम्रा परिवार राम्रो परिवारले नमुना चर्चलाई खाद्यन्न सहयोग गरेको हो । परिवारले ‘भनिन्छ नि आज नगरे कहिले गर्ने हाम्ले नगरे कस्ले गर्ने’ भन्ने नाराका साथ नमुना चर्चलाई खाद्यान्न सहयोग गरेको हो ।
हाम्रो परिवार राम्रो परिवारको अध्यक्ष निर्मला अधिकारी,सचिव सचिव दिपेन्द्र खण्ड्काको नेतृत्वमा गएको राहत वितरण टोलीले शनिबारबार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ मा रहेको नमुना चर्चलाई चामल २० बोरा, दाल ४० केजि ,चिनि ४० केजि,तेल २० लिटर ,नुन २० प्याकेट, मरमसला २० प्याकेट लगाएत खाध्यान्न चर्चका संसथापक गणेश देवकोटालाई हस्तान्तरण गरेको हो ।
काठमाडौंमा दैनिक रुपमा कोरोना संक्रमण बढ्न थालेपछि निषेधज्ञा जारी रहेको बेला अत्यावश्यक कामका लागि निस्किनेबाहेक सबै थुनिएका छन् । अहिले निषेधाज्ञा छ घरमा नै बस्नु पर्ने बाध्यता भए पनि काम छैन ।
सबैतिर बन्द भएपछि मजदुरी गर्नेहरू सडकमा आइपुगेको अवस्थामा हाम्रो परिवार राम्रो परिवारले नमुना चर्चमा खाध्यान्न सहयोग गरेको छ।
२०७८ असार १३ गते प्रकाशित
प्रकाशित समय : ०५:१९ बजे