back

वैदेशिक रोजगार बोर्डले दिने क्षतिपूर्ति रकम सिधै हकवालाको खातामा

नवलपरासी । वैदशिक रोजगार बोर्डले दिने दिने क्षतिपूर्ति रकम सिधै खातामा आउने भएको छ । सरकारले स्थानीय सरकारमार्फत पीडितको खातामै उक्त आर्थिक सहायता रकम पठाउने व्यवस्था गरेपछि परासी जिल्लावासिहरुमा यसको प्रत्यक्ष प्रभाव परेको हो । उक्त जिल्लावासिहरुलाई बार्डले दिने आर्थिक सहायता सिधै हकवालाको खातामा आउन थालेको हो ।

पछिल्लो समय बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेको हो ।

यसअघि पीडित पक्ष आर्थिक सहायता प्राप्त गर्न काठमाडौँ जानुपर्ने बाध्यत्मक अवस्था रहेको हुँदा सेवाग्राहीले धेरै समास्या भोग्नु परेको बताउँदै अहिले सरकारले स्थानीय सरकारमार्फत पीडितको खातामै आर्थिक सहायता रकम पठाउने व्यवस्था गरेपछि सहज भएको सुरक्षित आप्रवासन परियोजना (सामी) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का संयोजक ज्ञानेश्वर भण्डारीले बताएका हुन् ।

सरकारले नयाँ व्यवस्था लागू गरेपछि चालु आवमा जिल्लाबाट १२ सेवाग्राहीले स्थानीय सरकारमार्फत आर्थिक सहायता रकम सिधै आफ्नो खातामा प्राप्त गरेको भण्डारीले बताए । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नौ र बिरामी अङ्गभङ्ग भएका तीन जनाले गरी यसवर्ष रु १ करोड ९२ लाख सहायता प्राप्त गरेको उनको भनाई छ ।
उनका अनुसार रामग्राम नगरपालिकाका दुई जना मृतकका आफन्तले रु ४२ लाख सहायता पाएका छन् । सुनवल नगरपालिकाका

स्थानीय तहले आवश्यक कागजातसहित प्रमाणित गरेर पठाएपछि बोर्डले सिधै पीडितको खातामा रकम निकासा गर्ने व्यावस्था रहेको भण्डारीले जानकारी गराए ।
बोर्डले कामदारका आफन्तलाई प्रतिव्यक्ति रु ७ लाख आर्थिक सहायता दिन्छ । बीमा कम्पनीले रु १४ लाखसम्म दिने व्यवस्था छ । श्रम स्वीकृतिको समयावधि भएका व्यक्तिका आफन्तले मात्रै आर्थिक सहायता पाउने गरेका छन् ।

२०७८ असार १३ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...