back

लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले बनायो अध्ययन गर्न कार्यदल

काठमाडौं । लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो ।

समितिले निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति बनाएको हो । त्यसमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली, सगरमाथा इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री र सिटिजन लाइफका सीईओ पोषकराज पौडेल सदस्य रहेका छन् ।

अध्ययन समितिले गत बिहीवारदेखि काम शुरू गरिसकेको छ । त्यस समितिले २० दिनभित्र अध्ययन सकेर त्यसको प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लघुबीमासम्बन्धी अध्ययन गर्न कार्यदल बनाएको बताए ।

‘लघुबीमाको दायरा अझै पनि विस्तार हुन सकेन । त्यसैले यस विषयमा अध्ययन गर्न कार्यदल बनाएका हौं,’ उनले भने, कार्यदलले लघुबीमाको विस्तारमा केकस्ता समस्या छन् भनेर अध्ययन गरिनेछ । साथै, लघुबीमाको व्यवसाय विस्तार गर्न केकस्ता काम गर्नुपर्छ भन्ने विषयमा पनि अध्ययन समितिले सुझाव दिनेछ ।’

हाल नेपालमा बीमाको पहुँच २३ प्रतिशत जनतामा रहेको छ । तर, सरकारले आगामी आर्थिक वर्षमा त्यो ३३ दशमलव ३३ प्रतिशत जनतामा पुर्‍याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्ति गर्न समितिले विभिन्न काम गर्दै आएको छ । सोही क्रममा समितिले लघुबीमाको दायरा बढाउने गरी अध्ययन अगाडि बढाएको हो ।।(आर्थिक अभियान दैनिकबाट)

२०७८ असार १३ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...