back

वीरगञ्ज नाकाबाट भित्रियो डेढ खर्बको इन्धन र गाडी

वीरगञ्ज । कोरोना संक्रमणको महामारीले समग्र उत्पादन र आपूर्तिको शृंखला बिथोलिए पनि इन्धन र गाडी आयात भने बढेको छ । यी उत्पादन भित्रिने मुख्य भन्सार वीरगञ्जको चालू आर्थिक वर्ष (आव) २०७७–७८ को ११ महीनाको आयात तथ्यांकले यस्तो देखाएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठसम्ममा इन्धन र सवारीसाधनको आयातमा मात्र करीब डेढ खर्ब रुपैयाँ बाहिरिएको छ । यस अवधिमा १ खर्ब ४१ अर्ब १४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र सवारीसाधन आयात भएको भन्सारले बताएको छ ।

गत आव २०७६–७७ को समीक्षा अवधिको तुलनामा यो वर्ष इन्धन र सवारी आयातमा ११ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको हो । चालू आवको जेठ अन्त्यसम्ममा १ खर्ब १३ अर्ब ७५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र २७ अर्ब ३८ करोड रुपैयाँबराबरको सवारीसाधन भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । जीपकार, मोटरसाइकल, ट्रक, बसलगायत १८ प्रकारका सवारीसाधन यस नाकाबाट आएको भन्सारले बताएको छ ।

गत आवको जेठसम्ममा १ खर्ब ७ अर्ब १८ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ र २३ अर्ब ४२ करोड रुपैयाँको सवारीसाधन भित्रिएका थिए । चालू आवको जेठसम्ममा वीरगञ्ज भन्सारबाट भएको कुल आयातमा इन्धन र गाडी आयातको अंश करीब ३१ प्रतिशत छ । यस अवधिमा यो भन्सारबाट ४ खर्ब ५८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ । कोरोना महामारी नियन्त्रण गर्न सरकारले गतवर्ष चैत ११ देखि करीब ६ महीनासम्म बन्दाबन्दी र निषेधाज्ञा लगाएको थियो । चालू वर्षमा वैशाख १६ यता निषेधाज्ञा जारी छ । ‘चालू वर्षमा निषेधाज्ञाका कारण इन्धन र गाडी आयात घट्ने अनुमान गरिएको थियो ।(आर्थिक अभियान दैनिकबाट)

२०७८ असार १३ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...