back

अक्सिजन प्लान्ट स्थापना गर्न पुनर्कर्जाको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । पुनर्कर्जा कार्यविधि–२०७७ संशोधन गर्दै राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा दिने व्यवस्था गरेको हो ।

कार्यविधिको व्यवस्था अनुसार, अब अस्पताल तथा अक्सिजन उद्योगहरुले प्लान्ट स्थापना गर्नका लागि तीन प्रतिशत व्याजदरमा कर्जा पाउनेछन् । यस शिर्षकमा ५० करोडसम्म कर्जा प्रदान गर्न सकिने कार्यविधिमा व्यवस्था गरिएको छ ।

यसैगरी निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई पनि पुनर्कर्जा प्रदान गर्न सकिने प्रावधान थप गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि समेत सहुलियत दरको पुनर्कर्जा दिने घोषणा गरेको थियो । बजारमा अक्सिजनको अभाव भएको समयमा केन्द्रीय बैंकले गरेको घोषणालाई कार्यान्वयन गर्नका लागि कार्यविधि संशोधन गरेको हो । राष्ट्र बैंकले २०७८ वैशाख मसान्तमा १ अर्ब २८ अर्ब ४४ करोड पुनर्कर्जा लगानी गरिसकेको छ ।

यसबाहेक २० अर्ब पुनर्कर्जा स्वीकृत भई लगानीको क्रममा रहेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी २०७८ वैशाख मसान्तसम्ममा ९५ हजार ८ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्व ४९ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४३ हजार ९ सय ९७ ऋणीलाई प्रवाह भएको १०० अर्ब १० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ४९ हजार ४ सय ५० महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४६ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ३ सय ५९ ऋणीको ३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ वैशाख मसान्तसम्ममा ४८ करोड ६१ लाख रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।(कारोबार दैनिकबाट)

२०७८ असार १३ गते प्रकाशित


रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

वि.सं.२०८१ माघ २४ बिहीवार १७:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले...

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

वि.सं.२०८१ माघ २४ बिहीवार १७:४३

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

वि.सं.२०८१ माघ २४ बिहीवार १७:३०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली...

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष...

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा...

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

वि.सं.२०८१ माघ २४ बिहीवार १६:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका...