back

कालीगण्डकी गाउँपालिकाको बजेटमा निःशुल्क बिमादेखि कृषकलाई पेन्सनसम्मको व्यवस्था

काठमाडौँ । कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि नवौं गाउँसभामार्फत रु ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका जनताको स्वास्थ्यलाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य बिमालाई प्रमुख कार्यक्रमको रुपमा ल्याइएको छ ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, “बिरामी पर्दा उपचारबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर पालिकाबासी सबैको निःशुल्क स्वास्थ्य बिमा गर्ने गरी बजेटको व्यवस्था गरेका छौँ ।” स्वास्थ्य नै मानिसको अमूल्य धन भएकाले गाउँपालिकाले यसलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको उनले बताए ।
बजेटमा कृषकलाई पेन्सन दिने कुरा समेत बजेटमा समेटिएको अध्यक्ष थापाले बताए । उनले भने, “हामीले कृषकका लागि पेन्सनको समेत व्यवस्था गरेका छौँ, गाउँघरमा बसेर दुःख गर्ने किसानले विभिन्न कठिनाइहरु झेलेर काम गर्नुपर्ने तर प्रतिफल राम्रो नपाउने हुँदा कृषि पेशाबाट पलायन हुनुका साथै जमीन बाँझो राख्ने क्रम बढ्दै गएकाले कृषक पेन्सनको व्यवस्था गरिएको छ ।” कृषक पेन्सन कार्यक्रमले बेरोजगारीको समस्या समाधान गर्न सहयोग पुग्नुका साथै युवा वर्गको समेत कृषि पेशामा आकर्षण बढ्ने अध्यक्ष थापा बताए ।
गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, कृषि तथा क्षेत्रलाई प्राथमिकता राखेको छ । बजेटमार्फत भूमि बैंंक र बहुप्राविधिक विद्यालयको स्थापना, कोरोना सङ्क्रमितको निःशुल्क उपचार, अध्यक्षसँग निःशुल्क औषधि कार्यक्रम सञ्चालन गर्ने, सबै विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिए ।

२०७८ असार १२ गते प्रकाशित


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...