अंशवण्डामा विवाद हुँदा हत्या

वि.सं.२०७८ असार ११ शुक्रवार

जनकपूर । धनुषामा अंशवण्डामा विवाद भएपछि छोराले बुवाको हत्या गरेका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको उनकै छोरा कृष्ण यादवले हत्या गरेका हुन् ।
घरका कान्छा छोरा कृष्णले अंशवण्डाको विषयमा विवाद हुँदा ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेका हुन् । प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार बुवाको हत्या गर्ने कृष्णलाई पक्राउ गरिएको छ ।
मृतकको टाउकोमा चोट लागेको छ भने घाँटी समेत थिचिएको छ । मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको रानाभाटले बताए ।
२०७८ असार ११ गते प्रकाशित

प्रकाशित समय : १०:३५ बजे