प्रभु लाईफमा जागिरको अबसर, योग्यता कति हुनुपर्ने ?

वि.सं.२०७८ असार ११ शुक्रवार

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सले भिन्न भिन्न उपशाखाको लागि कर्मचारी मागेको छ । कम्पनीले उप–शाखा प्रमुखका लागि कर्मचारीको मागेको हो । कम्पनीका अनुसार राजापुर, छिन्चु, राकम कर्णाली, कालीकोट, बाँसगढी र सल्लीबजारका लागी उप–शाखा प्रमुख पदमा कर्मचारीको आवस्यकता रहेको छ ।
उक्त पदका लागी स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व इन्योरेनसले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको दिनदेखि ७ दिनभित्र अर्थात असार १६ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
२०७८ असार ११ गते प्रकाशित

प्रकाशित समय : ०८:५० बजे