back

आँधिखोला लघुवित्तद्धारा एजीएम आह्वान

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले असार ३१ गते चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा होटल गाँउवेशी वालिङ–८, वालिङ, स्याङजामा बिहान ११.३० बजे सुरु हुने भएको हो । आँधिखोला मर्जर तथा एक्विजिसनका लागि पनि खुला देखिएको छ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदैछ ।

सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । यता, धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको २०७६ पुस २ गतेबाट सेयर कारोबार रोक्का छ ।

२०७८ असार ११ गते प्रकाशित


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...