back

वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने

स्याङ्जा । वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिँदै स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत १३ नं. वडा कार्यालयले निःशुल्क इन्टरनेट जडान गरिदिने भएको छ ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नपाको १३ नं. वडाले वैकल्पिक शिक्षा प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरणका लागि इन्टरनेटको ब्यवस्था मिलाइदिने भएको हो ।

वडाध्यक्ष आनन्दप्रसाद पाठकले विश्वव्यापी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणका कारण विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित भएकाले वडा शिक्षा समितिको बैठकबाट वैकल्पिक विधिबाट पठनपाठनलाई जोड दिने गरी विद्यार्थीको घर–घरमा इन्टरनेट जडान गर्न सहयोग गरिने वडाध्यक्ष पाठकले बताए।

“विद्यार्थीलाई प्रविधिमैत्रीसँगै वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि अभियानको रुपमा अगाडि बढेका छौँ”, वडाध्यक्ष पाठकले भन्नुभयो, “कोभिडको पहिलो र दोस्रो लहरबाट शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावित पारेका बेला फेरि तेस्रो लहर आउने भन्ने कुरा सुनिएकाले त्यसको पूर्वतयारी स्वरुप वैकल्पिक विधिलाई थप प्रभावकारी बनाउनका लागि इन्टरनेट जडान गरिदिने निर्णय गरेका हौँ ।”

इन्टरनेट जडानका लागि विभिन्न चार वटा सेवाप्रदायक संस्थाहरुसँग छलफल भएको र उक्त संस्था पनि सकारात्मक रहेकाले यो अभियान प्रभावकारी हुनेमा वडा कार्यालय विश्वस्त रहेको वडाध्यक्ष पाठकले बताए । वडाभित्र आठ वटा सामुदायिक विद्यालय, दुई वटा संस्थागत विद्यालय र एउटा बहुप्राविधिक शिक्षालय रहेका छन् ।

“यसअघि भएका भर्चुअल कक्षा सञ्चालनका क्रममा कतिपयमा इन्टरनेटको असुविधाका कारण मोबाइलको डाटा चलाउनुपर्ने बाध्यता रहेको गुनासो सुन्यौँ”, वडाध्यक्ष पाठकले भने, “डाटाबाट नेट ढिलो चल्ने भएकाले पठन पाठनमा प्रभावकारी र उपलब्धीमूलक हुन सकेन, त्यसैले अब वडा कार्यालयले अति विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिदिने तयारीमा छौं ।” भर्चुअल कक्षा सञ्चालनका लागि आवश्यक पर्ने तालिम तथा अभिमुखीकरण प्रत्येक विद्यालयमा तीन÷तीन दिन सञ्चालन गर्ने कार्य शुरु भइसकेको छ ।

२०७८ असार १० गते प्रकाशित


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

वि.सं.२०८१ चैत ५ मंगलवार ११:३७

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी...