back

जीवन विकास लघुवित्तको आईपीओ भोलीबाट बिक्रि खुला

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको भोलीबाट १९.७७ करोडबराबरको आईपीओ निष्काशन तथा बिक्रि खुला गर्न लागेको छ ।

कम्पनीले जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतबराबर अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाटी स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फ आवेदन दिन सकिनेछ।

जीवन विकास लघुवित्तका आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

मोरङको कटारी गाउँपालिका वडा नं। २ मा केन्द्रीय कार्यालय रहेको यो संस्थाको आईपीओलाई नेपाल धितोपत्र बार्डले गत असार २ गते निष्कासन अनुमति दिएको थियो।

आईपीओ निष्कासनका लागि यो लघुवित्तलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ। यसले संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।

संस्थाले आर्थिक वर्ष २०७०–८० सम्म खुद नाफा ९३ करोड ४० लाख रुपैयाँ कमाउने पुर्याउने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष २०७७–७८ मा भने नाफा ५३ करोड २ लाख रुपैयाँ बढी हुने अनुमान गरेको छ।

सञ्चालन मुनाफा पनि २०७९–८० सम्म १ अर्ब ४६ करोड र खुद ब्याज आम्दानी १ अर्ब ९३ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। जब कि चालु आर्थिक वर्षका यस्तो मुनाफा र आम्दानी क्रमशः ८२ करोड २९ लाख रुपैयाँ र १ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

सेयरपुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको जगेडाको आकार २०७९८० सम्म २ अर्ब ८५ करोड रुपैयाँ बढीको हुने प्रक्षेपण गरिएको छ। चालु आवमा भने जगेडामा १ अर्ब २१ करोड हुने अनुमान रिएको छ।

२०७८ असार १० गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...