back
skip this gaugauma singhadarbar

आन्तरिक हवाइ सेवा र्पूण रुपमा शुरु गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले कोरोना महामारीको दोस्रो लहर फैलिएपछि रोकिएको आन्तरिक हवाइ सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले नियमित उडानको तालिका सार्वजनिक गरी उडान गर्न निर्देशन दिएपछि आइतबारदेखि उडान खोल्ने तयारी भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानहरुलाई पूर्ण क्षमतामा उडान भर्ने गरी आन्तरिक हवाइ सेवा सञ्चालन हुने भएको हो । नियमित आन्तरिक उडान कसरी गराउने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरणसँग आज छलफल हुन लागेको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
गत वर्षको बन्दाबन्दी खुलेपछि सरकारले हवाइ जहाजमा ५० प्रतिशत यात्रु राखेर उडान गर्न निर्देशन दिएको थियो । तर यसरी उडान भर्न असम्भव हुने र यसले भाडा दर पनि बढ्ने भएकाले सबै सीटमा यात्रु राखेर उडाउन पाउने व्यवस्था गर्न लागिएको हो ।

यद्यपि, हाललाई कोरोनाको जोखिम कम भएका क्षेत्रमा मात्रै आन्तरिक हवाइ उडान सञ्चालन गर्ने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यस्तो जोखिमको सूची तयार पार्ने पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

त्यसपछि कमम जोखिम भएका गन्तब्यमा उडान भर्न सुरु गर्ने तयारी भएको छ । यसका लागि वायुसेवा कम्पनीका सञ्चालकसँग छलफल गर्ने तयारी मन्त्रालयले गरेको छ ।

२०७८ असार ९ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

माउन्टेन इनर्जीको लाभांश घोषणा

माउन्टेन इनर्जीको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४६

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य...

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

वि.सं.२०८२ कात्तिक १९ बुधवार १२:०४

काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...