back
skip this gaugauma singhadarbar

महानिर्देशक शर्मासहित तीन जनाविरुद्ध मुद्धा दर्ता, एक अर्ब बिगो दाबी

काठमाडौं । कर फस्र्योट आयोगको ‘अनियमितता’ प्रकरणमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणी शर्मासहित तीन जना विरुद्ध मुद्दा दार्ता भएको छ । महानिर्देशक तथा आयोगका सदस्य शर्मा, कर फस्र्योट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो ।

आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक शर्मासहित कर फस्र्योट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दर्ता भएको हो । महानिर्देशक शर्मा पनि उक्त आयोगको सदस्य थिए ।

आयोग अध्यक्ष महत र सदस्यद्वय शर्मा र ढकालले कानूनको क्षेत्राधिकार नाघेर ‘बदनियतपूर्वक’ करदातासँग कर फस्र्योट सम्झौता गरेको अभियोग लगाइएको छ । उनीहरुको यस्तो बदनियतपूर्वक कार्यबाट राजस्व छली भएको अख्तियारले दाबी छ ।

आयोगका पदाधिकारीले ‘आपसी कुराकानीलाई मात्र आधार बनाइ’ कर छुट दिने सम्झौता गरेको कुरा अनुसन्धानमा पाइएको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले बदनियपूर्वक १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आएको’ बताएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ अनुसार १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो असुलीको मागदाबी गरेको छ । प्रतिबादी तीन जनालाई ८ देखि १० वर्षसम्म कैद सजायको समेत मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०७८ असार ९ गते प्रकाशित

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

वि.सं.२०८२ मंसिर २७ शनिवार १०:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:५४

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट...

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब...

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:०३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन...