आजबाट टुटल र पठाओ सेवा सुचारु

वि.सं.२०७८ असार ८ मंगलवार

काठमाडौँ । लकडाउनका कारण सेवा अवरुद्ध गरेका टुटल र पठाओ कक्पनीहरुले आजाट पुनः सेवा सञ्चालनमा ल्याएका छन् । उपत्यकामा आजबाट जोर–बिजोर प्रणालीमा भाडाका ट्याक्सीसँगै निजी सवारीसाधन सञ्चालन गर्न खुला गरिएसँगै राइड सेयरिङ टुटल र पठाओले सेवा सुचारुगरेका हुन् ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरेसँगै वैशाख १६ गतेदेखि यी दुवै कम्पनीका सेवा ठप्प रोकिएका थिए । आजबाट स्थानीय प्रशासनले तोकेको जोर–बिजोर प्रणालीमै आफ्नो सेवा सुरु गरिएको दुवै कम्पनीले जनाएका छन्। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिने पनि टुटल र पठाओले जनाएका छन्।
२०७८ असार ८ गते प्रकाशित

प्रकाशित समय : १२:०९ बजे