उपत्यकामा अझै एक हप्ता निषेधाज्ञा थप्ने तयारी, जोरबिजोर प्रणालीमा नीजि सवारि सञ्चालन गरिने

वि.सं.२०७८ असार ६ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता लम्बाउने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोली सकिने भएपछि अझै एक हप्ता थप गरिने भएको हो । उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या अपेक्षाकृत रुपमा नघटेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको स्रोतले जनाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अहिलेसम्मको भन्दा केहि सहज र फरक हुने गरि निषेधाज्ञा लम्बाउने तयारी भएको बताए । उनले केहि उद्योग व्यवसाय सहित केहि–केहि क्षेत्र खुला गरि निषेधाज्ञा कम्तिमा एक हप्ता लम्ब्याउने तयारी रहेको बताएका हुन् ।
कोरोना संक्रमितको संख्या र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या हेर्दा अझै निषेधाज्ञा खुला गर्न नसकिने उनको भनाई छ । साथै जिप्रका स्रोतका अनुसार होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने र नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको छ तर यो विकल्प लागु गर्ने वा नगर्नेबारे आज उपत्यकाका तीन सिडियोहरुले निर्णय गर्ने छन् ।
२०७८ असार ६ गते प्रकाशित

प्रकाशित समय : ०२:४८ बजे