back

तत्काल बर्षा कमजोर हुने अवस्था छैनः मौसमविद्

काठमाडौँ । मौसमविद्ले केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

“यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद् कँडेलले भने, “त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।” केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।

मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ ।

आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ । त्यसैले महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ ।

२०७८ असार ५ गते प्रकाशित


नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८१ मंसिर २४ सोमवार १५:०१

काठमाडौं । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी...

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४३

काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४१

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक...

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५५

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब...

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

वि.सं.२०८१ मंसिर १० सोमवार १२:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यानमा तागत बोकेर छक्का...

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

वि.सं.२०८१ मंसिर ७ शुक्रवार ०९:५३

काठमाण्डौ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ...