back

विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड आर्थिक सहयोग गर्ने

काठमाडौँ । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।

“महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो”, नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भनेका हुन्।

नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ ।

कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पूँजीमा निजी क्षेत्रको पहुँच पुर्याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।

२०७८ असार ३ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...