थप ३०८२ जना संक्रमणमुक्त, २८२८ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ असार २ बुधवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३०८२ जना कोरोनाका संक्रमित निको भएका छन् । त्यस्तै थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ ।
२०७८ असार २ गते प्रकाशति

प्रकाशित समय : १४:४७ बजे