back

लगभग ८ महिनादेखि मर्जरको पक्रियामा रहेको कम्पनी मूल्य चलखेलको लिस्टमा कसरी?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आज ५१ वटा सूचिकृत कम्पनीहरुलाई शेयरमा कर्नरिङ, सर्कुलर ट्रेडिङ जस्ता चलखेलका उपकरण प्रयोग भएको भन्दै नाम नै किटान गरी सार्वजनीक गरेपछि सेयर बजारसँग सँबन्धित व्यत्ति तथा निकायहरुलाई निकै नै तताएको छ । पहिलो कुरा त बोर्डले यसरी नाम नै किटान गरेर एक्कासी सार्वजनिक नगर्नु पर्ने भन्ने लागनीकर्ता देखि अर्थमन्त्रालयसम्मको राय आएको छ भने अर्काेतर्फ बोर्डले महिनौँ देखि कारोबारमा नै नआएको कम्पनीको नाप लिस्टमा राखेपछि बोर्ड नै शंकका घेरमा धकेलिएको छ ।

बोर्डले निकालेको सूचीको ३६ औं स्थानमा रहेको घोडीघोडा लघुवित्तको शेयर कारोबार लगभग ८ महिनादेखि कारोबार रोक्का छ । कम्पनीको कारोबार २०७७ कात्तिक तेस्रो सातादेखि मर्जरका कारण स्थगित गरिएको रहेको छ ।
युनिक नेपाल लघुवित्तसँग मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले २०७७ कात्तिक २३ गतेदेखि लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो । तर पछिल्ला दिनहरुमा कम्पनीको मूल्यमा चलखेल गर्ने कप्पनीको नाममा यो कम्पनी तानियसँगै बोर्डको निणर्य झने लज्जासपद बन्न पुग्यो ।

बोर्डले सार्वजनिक गरेको सूचीमा २०७३ साल साउन १२ गतेको शेयर मूल्य, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात र प्रतिशेयर नेटवर्थलाई आधार मानि २०७७ साल बैशाख ३० र २०७८ साल जेठ ३१ गतेको विबरणसँग तुलना गरिएको छ ।

२०७८ असार १ गते प्रकाशित


आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२०

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र...

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...