back

पहिरो खसेपछि तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध

काठमाडौँ । लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका—१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । त्यसैगरी गुल्मीकै रिडी–रुद्रबेणी सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका—२ साँघुरेमा आज बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पनि अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि स्थानीय नगरपालिका र गाउँपालिकाले पहल गरे पनि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या परेको रेसुङ्गा नगरपालिका—१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए । बिहानैदेखि सडक अवरुद्ध बनेपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने यातायातका साधनहरु बीच बाटोमै रोकिएका छन् ।

लगातार वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सर्तक रहन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ । वर्षाका कारण ठाउँठाउँमा ससाना पहिरो खसेको र सडक भत्किएका कारण जिल्लाको इन्द्रेगौंडा–वामीटम्सार, रुद्रबेणी–पुर्तिघाटलगायत एक दर्जनभन्दा बढी सडकहरु समेत अवरुद्ध छन ।

२०७८ असार १ गते प्रकाशित


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

वि.सं.२०८१ असोज २२ मंगलवार १७:३१

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १६:४८

काठमाडौं । प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल...

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १२:१०

काठमाडौं । मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप...

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको ५ करोड हस्तान्तरण

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको ५ करोड हस्तान्तरण

वि.सं.२०८१ असोज २० आइतवार १८:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...