back

अक्सिजन प्लान्ट निर्माणका लागि पाल्पाको रामपुर अस्पतालको लागि बजेट निकासा

पाल्पा । पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न सङ्घीय सरकारले रु एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।
सो रकममध्ये अक्सिजन प्लान्टका लागि रु ७५ लाख तथा एचडियू निर्माणका निम्ति रु ८० लाख बजेट निकासा भएको पूर्वमन्त्री तथा सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए। सरकारले पाल्पासँगै देशका छ अस्पतालमा थप स्वास्थ्य सेवा विस्तारका निम्ति रकम निकासा गरेको छ ।
सरकारले पाल्पाको रामपुर अस्पताल, म्याग्दीको बेनी अस्पताल, रुकुम पूर्वको रुकुम अस्पताल, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल र चौरजहारी अस्पालका निम्ति अक्सिजन प्लान्ट खरीद तथा जडान, पाँँच शय्याको एचडियू, ५ शैंयाको आइसियू र दुईवटा भेन्टिलेटर जडान गर्न स्रोत सहमति माग भएअनुसार रु सात करोड ७० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि बजेट विनियोजन भएको खवरले निकै खुसी लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले बताए । विभिन्न चार जिल्लाका दैनिक करीब ३०० नागरिकले सेवा लिने कुरा निकै खुसीको विषय भएको बताए ।

२०७८ असार १ गते प्रकाशित


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...