back

आगलागीमा परी ६ जनाको मृत्यु

काठमाडौँ । मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरको तीन तले घरमा आगो लाग्दा उक्त मानवीय क्षति भएको हो ।

आगो तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ । आगलागीबाट निजी स्वामित्वमा रहेको आवासीय भवनमा रहेका भियतनामी नागरिकको मृत्यु हुनुका साथै पहिलो तलामा रहेको क्याफे तथा पसलहरूमा पनि क्षति भएको बताइएको छ ।

आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव १०० अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले बताएको छ । उद्धारका लागि घटनास्थलमा तत्काल सुरक्षाकर्मीलाई पठाइएको भएपनि घरभित्र फसेका सबै पीडितहरूलाई बचाउन नसकिएको तर केही व्यक्तिलाई सख्त घाइते अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको स्थानीय एक अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ असार १ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...