छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
वि.सं.२०७८ जेठ ३१ सोमवार
गुल्मी । गुल्मी मालिका गाउँपालिका–५ स्थित छापहिले स्वास्थ्य चौकीलाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेत्र भन्डारीको पहलमा स्वास्थ्य चौकीलाई अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।
एक–एक पाईला फाउन्डेसन, तिलगंगा आँखा अस्पताल, डाक्टर सन्दुक रुईत एन्ड तेजखोली फाउन्डेसन लण्डन, स्वास्थ सेवा विभाग, डा. दिल बहादुर थोकर, दिवस भण्डारीको संयुक्त प्रयासमा संकलन गरिएका स्वास्थ सामाग्री केशव आचार्य र तुल्सिराम अर्यालको समन्वयमा छापहिले स्वास्थ्य चौकिलाई हस्तान्तरण गरिएको हो ।
सामाग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन कीट, अक्सिमिटर, विभिन्न औषधि, पिपिई, फेससिल्ड, डिजिटल थर्मोमिटर, सेनिटाइजर, माक्स लगाएत रहेको केशव आचार्य बताए । कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको असर र स्वास्थ्यकर्मी को जोखिमलाई मध्यनजर गरि वडाका नागरिकलाई सुरक्षित राख्नको लागि यो अभियान सञ्चालन गरेको तुल्सिराम अर्याल बताए । कार्यक्रम मा सहभागी भएका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुषालले महामारीको समयमा यो सहयोग, समन्वय गर्ने सम्पूणलाई धन्यवाद दिए ।
२०७८ जेठ ३१ गते प्रकाशित
प्रकाशित समय : १३:११ बजे