पछिल्लो २४ घण्टामा ३९९४ जनाले जिते कोरोना

वि.सं.२०७८ जेठ ३० आइतवार

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३९९४ जना कोरोना संंक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
२०७८ जेठ ३० गते प्रकाशित

प्रकाशित समय : ११:३३ बजे