गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेल

वि.सं.२०७८ जेठ २९ शनिवार

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
पोखरेलले शुक्रबार ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।
पृथ्वी सुब्बा गुरुङले पनि राजमोका पदमुक्त सांसद कृष्ण थापा र जसपाका महन्थ ठाकुर पक्षको प्रदेश समितिको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर, प्रदेश प्रमुख पौडेलले त्यसलाई अस्वीकार गर्दै पोखरेललाई नियुक्त गरेकी हुन्।
पोखरेललाई कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो र एक जना स्वतन्त्र सांसद्को साथ छ। उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ।
संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
२०७८ जेठ २९ गते प्रकाशित

प्रकाशित समय : १२:१७ बजे