back

बैद्यलाई आत्मालोचना गर्न निर्देशन दिईएको छः कांग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारे छलफलमा प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको हो ।

​विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’

काँग्रेसले शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयम भएर अभिव्यक्ति दिन जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने समेत उल्लेख गरेको छ ।

२०७८ जेठ २९ गते प्रकाशित


नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८१ मंसिर २४ सोमवार १५:०१

काठमाडौं । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी...

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४३

काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४१

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १५:११

काठमाडौं । नेपाल एसबिआई बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा...

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५५

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब...

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

वि.सं.२०८१ मंसिर १० सोमवार १२:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यानमा तागत बोकेर छक्का...