५२२५ कोभिडका संक्रमित निको, थप ३७५० नयाँ संक्रमित

वि.सं.२०७८ जेठ २८ शुक्रवार

काठमाडौँ । गत चौबीस घन्टामा देशभर ५ हजार २ सय २५ जनाले कोरोनालाई परास्त गरेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
२०७८ जेठ २८ गते प्रकाशित

प्रकाशित समय : १२:२३ बजे