सिद्धार्थ इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी १२ करोड बढ्ने

वि.सं.२०७८ जेठ २८ शुक्रवार

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्सले प्रस्ताव गरेबमोजिम लाभांश पारित भएको छ । शुक्रबार सम्मपन्न भाएको कम्पनीको १९ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित उक्त १५.७९ प्रतिशत लाभांश पारित भएको हो।
कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३.७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पछि कम्पनकिो चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।
यस्तै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा गत आर्थिक वर्षको वित्तीय विवरणको प्रतिवेदन पनि पारित गरेको छ ।
२०७८ जेठ २८ गते प्रकाशित

प्रकाशित समय : १०:३० बजे