सांग्रिला बैंकको डिवेञ्चर असार ६ गतेदेखि बिक्रि खुला, कति पाईन्छ ब्याज?

वि.सं.२०७८ जेठ २८ शुक्रवार

काठमाडौँ । सांग्रीला डेभलपमेन्ट बैंकले आगामी असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १० वर्षे अवधिको ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो ।
असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।
वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई १००० दरमा किन्न पाइनेछ ।
कुल निश्कासन हुने ७ लाख ५० हजार इकाई (युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिनेछ ।
सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ ।
बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।
२०७८ जेठ २८ गते प्रकाशित

प्रकाशित समय : ०४:५२ बजे