back

एचआइडीसीएलको सेयर मूल्यमा समायोजन

काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को सेयर मुल्यमा समायोजन भएको छ । कम्पनीको प्रतिकित्ता ३४३ रूपैयाँमा शेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत (१ः१) हकप्रद जारी गर्न शुक्रबार बुक क्लोज मिति तोकेसँगै हकप्रदमा मूल्य समायोजन गरी समायोजित मूल्य तोकेको हो ।

नेप्सेले कम्पनीको बिहीबारको कारोबार भएको अन्तिम मूल्य ५८६ रुपैयाँका आधारमा १०० प्रतिशत हकप्रदपछि मूल्य समायोजन गरेको हो । यसअनुसार अब कम्पनीको आइतबार समायोजित शेयरमूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ ।

कम्पनीले १ बराबर १ अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री गरेर पूँजी बढाउन लागेको हो ।

उक्त हकप्रद जारी गर्न कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति पाएको थियो ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

२०७८ जेठ २८ गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...