एचआईडीसीएलको १०० प्रतिशत हकप्रदको हकदार बन्ने आज अन्तिम दिन
वि.सं.२०७८ जेठ २७ बिहीवार
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले निष्कासन गर्न लागेको सतप्रतिशत हकप्रद सेयरमा आवेदन दिनका हकदार हुने आज अन्तिम दिन हो ।
कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद सेयर निष्कासनका लागि भोलि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरसँगै आज बिहीबार सम्म कायम सेयर धनिले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको थियो।
बोर्डको अनुमतिसँगै कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि जारी गर्नेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।
२०७८ जेठ २७ गते प्रकाशित
प्रकाशित समय : ०५:५२ बजे