back

फ्रान्सका राष्ट्रपति माक्रोँलाई सार्वजनिक स्थलमै चड्कन, दुई पक्राउ

काठमाडौँ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई सार्वजनिक स्थलमै चड्कन हान्ने दुई जना पक्राउ परेका छन् । देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला मुहारमा उनलाई एक पुरुषले चड्कन हानेका थिए ।

सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए। सोही ठाउँमा उनलाई चड्कन हानिएको हो । उनलाई चड्कन हानेको आरोपमा दुई आरोपित पक्राउ गरेको फ्रान्सका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

माक्रोँमाथि आक्रमण हुँदा लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लगेका हुन् । घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन्।

‘हामीले अति हिंसक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन। ती यसको लायक छैनन्,” उनले फ्रान्सकै एक पत्रकारलाई भनेका छन् ।
अहिले देशमा राजनीतिक वातावरण बिग्रिरहेको बताउँदै माक्रोँका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन्।
अर्को वर्षको चुनावमा माक्रोँको सम्भावित प्रतिस्पर्धी लोकप्रियतावादी नेतृ मारिन ल पेनले समेत राष्ट्रपति विरूद्धको हिंसा अस्वीकार्य रहेको बताएकी छिन् ।

को हुन चड्कन हान्ने?
माक्रोँलाई आक्रमण गर्ने उक्त पुरुषले ‘मोँजुवा सान्ट डेनी’ भनेर चिच्च्याएका थिए। जुन नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ।
यद्यपी हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन।


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

वि.सं.२०८१ चैत १४ बिहीवार १२:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसीमा...