पूर्वेली सेवा समाजद्धारा नयाँ नेपाल समाज केन्द्रलाई शैक्षिक सामग्री र खाद्यन्न सहयोग

वि.सं.२०७८ जेठ २५ मंगलवार

काठमाडौँ । पूर्वेली सेवा समाज जापानले नयाँ नेपाल समाज केन्द्रलाई स्वास्थ्य तथा शैक्षिक सामग्रीका साथै खाद्यन्न सहयोग गरेको छ ।
पूर्वेली समाज जापानले केन्द्रलाई एक महिनालाई पुग्ने गरि स्वास्थ्य सामग्री र खाद्यन्य सहयोग गरेको हो ।
कोभिडको महामारीको समयमा केन्द्रमा आबद्ध रहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा भोजनमा समस्या नहोस् भन्ने उद्देश्यले सेवा समाज जापानले सहयोग गरेको पूर्वेली सेवा समाजका अध्यक्ष फडिन्द्र पहाडीले भर्चुअल माध्यम मार्फत जानकारी गराए ।
अध्यक्ष पहाडीले देश बाहिर रहेतापनि महामारीको समयमा आफ्नो देशमा भएका असहाय तथा अनाथ बालबालिकको सहयोगमा सामेल हुन पाएकोमा खुसी व्यक्त गरे ।
पूर्वेली सेवा समाजको प्रतिनिधित्व गर्दै पत्रकार तथा समग्र मिडिया प्रा.ली.(कर्पोरेटबजार डट कम)का सञ्चालिका अप्सरा गौतमले उक्त ५० हजार धनराशि बराबरको दाल, चामल, तेल, चिउरा, फलफूल, मास्क र स्टेसनरी सामान केन्द्रका अध्यक्ष कृष्णराज गुरुङलाई हस्तान्तरण गरेकी हुन् ।
उक्त सामग्री ग्रहण गर्दै केन्द्रका अध्यक्षले विषम परिस्थितीमा सहयोग गरेकोमा खुसि व्यक्त गर्दै पुर्वेली सेवा समाज जापानलाई धन्यवाद दिएका छन् ।
नयाँ नेपाल समाज केन्द्रको बारेमाः
विं.सं २०६४ देखि सञ्चालनमा आएको यस केन्द्रमा अहिले ४५ जना असहाय तथा अनाथ बालकालिकाहरु छन् । केन्द्रमा रहेका बालकालिकाहरु प्ले ग्रुपदेखि देखि स्नातक गरिरहेका विद्यार्थि छन् । केन्द्रले बालकालिकालाई उनीहरुको स्तर र इच्छा अनुसार अन्य क्रियाकलापमा सहभागि गराउनुका साथै प्राविधिक शिक्षा पनि प्रदान गरिरहेको छ । केही बालबालिकाहरु तेक्वान्दो तर्फ सक्रिय छन् भने अलि ठूला विद्यार्थीहरु वेभडभलपिङ सिकिरहेका छन् ।
२०७८ जेठ २५ गते प्रकाशित

प्रकाशित समय : १३:२८ बजे