चन्द्रपुरका मेयर स्वास्थ्य समाग्री लिएर संक्रमितको घर घरमा

वि.सं.२०७८ जेठ २५ मंगलवार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ को सिन्धुरेघारी गाउँ पुरै कोभिड संक्रमणको चपेटामा परेको छ । सोही वाडका वडा अध्यक्ष सहितको स्वाब परिक्षण गर्दा ४१ जनामा कोभिड संक्रमण देखिएको हो । उक्त टोलको ९५ जनाको स्वाब परिक्षण गर्दा ४१ जनामा कोभिड संक्रमण देखिएको वडा अध्यक्ष गोबिन्द दुलालले जानकारी दिए । उक्त गाउँको एकै घरमा ६ जना सम्ममा कोभिड संक्रमण देखिएको छ । केही दिन पहिला सोही गाउँका एक शिक्षकको कोभिडको कारण मृत्यु भएपछि एकैपटक ९५ जनाको कोभिड परिक्षण गरिएको थियो । सिन्दुरेघारीको सिंगै गाउँ कोभिडको संक्रमण परेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी सहितको टोलीले स्वास्थ्य सामाग्री सहित घर घरमा पुगेको हुन । कोभिड संक्रमण रोक्न र बिरामीहरुको अबस्था बुझनका लागि स्वास्थ्य सामाग्री सहित सिन्दुरेघारी गाउँ पुगेको नगर प्रमुख रामचन्द्र चौधरीले बताए । बिरामीको हौसला बढाउने र कोभिड संक्रमण नियन्त्रणको लागी सचेतना जगाउने उदेश्यले संक्रमितको घर घरमा पुगेको चौधरीले बताए ।
बिरामीको ज्वरो नाप्ने,अक्सिजन मापन,ज्वरोको औषधी र हाइजनिक किट सहित घर घरमा पुगेर स्वास्थ्य परिक्षण गरेको स्वास्थ्यकर्मी मातृका चालिसेले बताए । संक्रमितहरुलाई मास्क ,सेनिटाइजर ,साबुन टाबेल ,बुरुस , मन्जन ,औषधी लगायतका स्वस्थ्य सामाग्रीहरु बितरण गरिएको स्वास्थ्यकर्मी चालिसेले जानकारी दिएका छन् ।
टोलीमा ईलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौला इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने, शसस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका डिएसपी दिपेन्द्र बिष्ट,स्वास्थ्यकर्मी तथा संचारकर्मी समेत रहेका थिए । सो टोलीले चन्द्रपुर नगरपालिका वाड नं. ८ बेतौनाका संक्रमितहरुको अबस्था बारे समेत घर घरमा चासो ब्यक्त गरेको थियो । बेतौना टोलमा पनि ९० जनाको कोभिड परिक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो । रौतहटमा हाल सम्म कोभिडको कारण १ सय ९ जनाले ज्यान गुमाइसकेका छन भने अझै ७ सय २० जना सक्रिय संक्रमित रहेका छन ।
२०७८ जेठ २५ गते प्रकाशित

प्रकाशित समय : ११:४४ बजे