सिईडिबी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत
वि.सं.२०७८ जेठ २५ मंगलवार
काठमाडौँ । सिईडिबी हाइड्रोपावर कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता आईपीओ सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४ सय १६ रुपैयाँ ३७ पैसा सम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
२०७८ जेठ २५ गते प्रकाशित
प्रकाशित समय : ०८:४७ बजे