back
skip this gaugauma singhadarbar

एफएनसीएसआइको ३१ वर्षको यात्रा सकियो, ७७ वटै जिल्लामा पहुँच

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ(एफएनसीएसआइ)को ३२ औं स्थापना दिवस भुर्चुअल माध्यमबाट सोमबार समापन भएको छ । वेबिनारमार्फत गरिएको उक्त कार्यक्रममा बोल्दै सरोकारवालाहरुले लघु, घरेलु तथा साना उद्योगहरूको प्रबर्द्धनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्ध बन्ने भनाई राखेका छन् । नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति भएको भन्दै लघु, साना तथा घरेलु उद्योगहरूको विकास, प्रवर्द्धन, सम्वर्द्धनका सन्दर्भमा यसले लिने नीति र कार्यक्रमका सन्दर्भमा विविध आयामका सन्दर्भमा महासङ्घका पदाधिकारीहरूको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको बताए। आगामी दिनमा पनि उद्योगी व्यवसायीहरूका महत्वपूर्ण सुझावहरूलाई महत्वका साथ लिने भन्दै उनले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासङ्घकै सुझावका आधारमा धेरै विषय ल्याएको बताए । मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उनले भने, ‘आगामी दिनमा पनि यस्तो प्रयास रहिरहने छ ।’

गत वर्षदेखि कोभिड महामारी शुरु भएयता यस्ता उद्योगको महत्व झनै बढेको भन्दै सचिव पोखरेलले भन्नुभयो, ‘घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारित भएको, हामीले आफैले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दीगोपना छ भन्ने बुझेका छौं ।’ साना उद्योगसँग सरकार सँगसँगै हिँड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्घता व्यक्त गर्दै उनले भने, ‘जुनसुकै उद्योगहरूलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा छ । ‘मैले मन्त्रालयमा जिम्मेवारी सम्हालेदेखि धेरै फोरमहरुमा भनेको छु राज्यले पाँचवटा विषयहरू उद्योग क्षेत्रमा दिनुपर्छ । त्यो भनेको पहिलो नीति संरचना त्यसपछि सरल र सहज रुपमा पूँजीको उपलब्धता, श्रमिकको उत्पादन गरिदिनुपर्छ, उद्योगलाई चाहिने बजार पूर्वाधार र भौतिक पूर्वाधारहरू पनि बनाइदिनुपर्छ ।’ विशेषगरी साना तथा घरेलु उद्योगहरूका लागि त बजारको लिंक गरिदिनुपर्छ भन्ने मन्त्रालयको बुझाई रहेको भन्दै त्यसै अनुरूप सरकारले काम गरिरहेको उनको भनाई थियो ।
महासङ्घका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको ससाना उद्योगहरूको प्रवद्र्घनबाट शुरु भएको बताउँदै भने ‘खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हेर्यौ भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरूलाई ठूला उद्योगहरूसँग जोडेर आज सफल भएका छन् ।’ अमेरिककाकै इतिहास हेर्ने हो भने पचास वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवद्र्घनबाट फड्को मारेको भन्दै उनले भने, ‘विश्व अर्थतन्त्रको पाँचभाग मध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्रा जस्तै ससाना उद्योग एसएमईलाई नै प्राथमिकातामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको छ ।’
नेपाल अल्पविकशित राष्ट्रका रुपमा रुपान्तरित हुँदै गरेको अवस्थामा हामीले केही मापदण्ड पुरा गरेका छौं तर आर्थिक हैसियत र पूर्वाधार विकास हेर्यौ कि गरेनौं बुझ्न जरुरी भएको उहाँको भनाई राख्दै भने, ‘त्यसैले यसलाई सरकारको मात्रै दायित्व नबुझेर हामी निजी क्षेत्रको पनि ग्रामीण अर्थतन्त्र र साना खालको उद्यम व्यवसाय खासगरी गरिबीको रेखामुनी रहेका र मध्यमवर्गीय परिवार संलग्न रहेको साना खालको कृषि उद्यम र साना खालको उद्यम व्यवसाय जसमा प्रत्यक्ष रुपमा पाँच लाख परिवार र अप्रत्यक्ष रुपमा अर्को १५ लाख परिवार यही क्षेत्रमा आश्रित छ ।’

अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रुपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागु गरियो तर लक्षित वर्गले सहजै प्राप्त गर्न नसकको भन्दै अध्यक्ष गिरीले भने, ‘हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये दुई चार सय भन्दा बढीले यो सुविधा प्राप्त गर्न सक्नुभएन । त्यसैगरी युवा उद्यमीको हकमा खासगरी शैक्षिक बेरोजगारलाई उद्यमी बनाउने सन्दर्भमा विशिष्ट जातिगत पहिचानसहित आफ्ना उद्यम प्रबर्द्धन गर्ने सन्दर्भमा र अन्य लघु घरेलु तथा साना उद्योगलाई प्रबर्द्धन गर्न अघिल्लो बजेटले व्यवस्था गर्दागर्दै पनि कतिपय कार्यान्वयन हुन सकेन ।’

पुनकर्जाकै सन्दर्भमा कतिपय प्रावधानले गर्दा लघु घरेलु उद्योगीले नपाउने अवस्था सिर्जना भएको भन्दै आगामी मौद्रिक नीतिमार्फत व्यवस्था गर्न उद्योग मन्त्रालयले प्रयास गनुपर्नेमा उनको जोड थियो । महासङ्घका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए ।

उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उनले अहिले पाँच लाखको हाराहारीमा रहेका उद्योगीहरुलाई सरकारले मान्यता दिएर हरेक समितिमा राखेको बताउँदै उनले भने ‘ती समितिहरुमा साना उद्योगीहरुको समस्या र आइपरेका समाधानका उपायहरु अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।, ’अघिल्लो वर्ष सरकारले सदासयता देखाएको थियो, नीति तथा कार्यक्रम र बजेटमा महासंघले दिएका सुझावका आधारमा धेरै सम्बोधन गरेको थियो । तर कार्यान्वयन पक्ष एकदमै कमजोर भयो र त्यसकै निरन्तरता अहिलेको बजेटमा पनि दिइएको छ । अब कार्यान्वयनमा जोड दिनुपर्ने हाम्रो माग छ ।’ वरिष्ठ उपाध्यक्ष सिंहले भने। महासंघ केन्द्रिय महिला उद्यमी समितिका सभापति अञ्जु उपाध्यायले साना उद्यमीहरुको हकहित संरक्षण गर्न जन्मेको महासंघ आज हजारौं उद्यमी व्यवसायीलाई गोलबर्द्ध गर्दै अगाडि बढिरहेको बताए।
‘स्थापना दिवस मनाइरहँदा हामी दुःखी छौं, आज कोभिडले थिलोथिलो पारेको छ, कति व्यवसायीहरु अहिले पनि संक्रमित हुनुहुन्छ, कति साथीहरु दिवंगत पनि हुनुभएको छ जसले गर्दा हाम्रो उद्योगहरुमा ठूलो समस्या परेको छ’ – उनले भने । महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानले ३१ वर्षसम्म धेरै आरोहअवरोह पार गरेको स्मरण गर्दै कोरोना संक्रमणयता साना तथा घरेलु उद्यमी व्यवसायीहरु अत्यन्तै मर्माहत भएको बताए । यस्तो अवस्थामा देशको मेरुदण्डको रुपमा रहेका घरेलु तथा साना उद्योगहरूलाई प्रबर्द्धन गर्नुपर्ने भन्दै सरोकारवालाको ध्यानकर्षण गराए ।

२०७८ जेठ २५ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२८

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा...