back

राउटे बस्तीमा बाहिरी मान्छे जान रोक, अपनाइयो कडा सुरक्षा व्यावस्था

सुर्खेत । राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएसँगै राउटे वस्तीमा बाहिरी आगमन रोक लगानइएको छ । गुर्भाकोट नगरपालिका–११ मा बस्दै आइरहेका दुई युवतिमाथि यौन दुव्र्यवहार भएको भिडियो सार्वजनिक भएसँगै प्रहरीले राउटे वस्तीमा सुरक्षा कडा बनाएको हो । वस्तीमा बाहिरी मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको छ ।

राउटे समुदायका मानिसले सरकारको नियम भन्दा पनि आफ्नै नियममा चल्ने र यदि सार्वजनिक भएको भिडियो राउटे वस्ती सम्म पुगेमा ती दुई युवतिलाई समुदायले जे पनि गर्न सक्ने बताउँदै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षा बढाउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहीका अनुसार अहिले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्रहरी खटाइएको छ । दुई युवतीमाथि भएको घटना निन्दनीय रहेको बताउँदै दोषीलाई कडा कारवाही गर्न र ती युवती तथा राउटे बस्तीको सुरक्षा गर्न निर्देशन दिएको उनले बताए ।

उनले पीडित दुवै युवतीलाई बचाउन सरकारले सबै योजना अवलम्बन गरिरहेको बताए । ‘अहिले सुरक्षाको योजना लागू गरिसकेका छौं । त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई यहाँ बोलाएको छु । राउटेका मुखियालाई आवश्यक सहयोग गर्ने र युवतीलाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाउने योजना बनाइरहेका छौं । त्यसका लागि युवतीलाई काउन्सिलिङ गर्न तीन सदस्यीय कार्यदल नै खटाएको छु ।’ उनले भने ।

उनले अनुसन्धानका नाउँमा विभिन्न संस्थाहरुको लाइन लागेर आइरहेको बताउँदै त्यसले ती दुवै युवतीको ज्यान तलमाथि हुने सम्भावना भएका कारण कसैलाई पनि बस्तीनजिक जान नदिइएको बताए ।

२०७८ जेठ २४ गते प्रकाशित

 


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...