back
skip this gaugauma singhadarbar

ओलीको प्रस्तावबारे छलफलका लागि नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले (माधव नेपाल) पक्षको स्थायी कमिटि बैठक बस्न लागेको छ ।नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावका सम्बन्धमा छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक बस्न लागेको हो ।

नेता भीम आचार्यका अनुसार बैठक बैठक बिहान ११ बजेपछि भर्चुअल रुपमा बस्न लागेको हो । स्थायी कमिटिमा छलफल गरेपछि अध्यक्षको प्रस्तावका सम्बन्धमा आफूहरुको धारणा सार्वजनिक हुने उनले बताए । यसैबिच अध्यक्ष ओली पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार पार्टी एकताका लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान तयार भएको उल्लेख गरेका हुन् । तर त्यसका लागि उनले शर्त अघि सारेका छन्।

ओलीको शर्तसहितको ६ बुँदे एकता प्रस्तावमा भनिएको छ, ‘आफ्ना पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीको पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ।’

उनले भनेका छन्, ‘यसबीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारवाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन।’

ओलीले नेकपा एमालेलाई २०७५ जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाइने उल्लेख गरेका छन् । उनले ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटि र स्थायी कमिटिका संरचनाहरु गतिशील हुनेछन् ।’

पार्टी कमिटि र जनसंगठनहरु पनि २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने ओलीको भनाई छ।

२०७८ जेठ २४ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १४:०६

काठमाडौं । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र...

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

वि.सं.२०८२ कात्तिक २६ बुधवार १३:५६

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र...

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:५२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...