back

रौतहटको गरुडामा झडप, डिएसपि सहित ७ जना सुरक्षाकर्मी घाइते

रौतहट । रौतहटको गरुडामा निषेधाज्ञाको कार्यन्वय गराउने क्रममा स्थानिय र प्रहरी बिच झडप हुदा डिएसपि सहित ७ जना प्रहरी घाइते भएका छन । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडाहीगुठीमा स्थानियले ३ ओटा विवाहमा भिडभाडका साथ डिजे सहित निषेधाज्ञाको अवज्ञा गरिरहेको अबस्थामा प्रहरीहरुले सम्झाइ बुझाइ सो कार्य स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गरि गर्न गराउन निर्देशन दिइ प्रहरी फर्किने क्रममा एक्कासी स्थानियले प्रहरी माथी ढुङ्गा प्रहार गरे पछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि शिद्धिविक्रम साहले बताए । झडपमा परि इलाका प्रहरी कार्यालय गरुडाका डिएपि द्धारिका घिमिरे सहित ७ जना प्रहरी घाइते भएका छन ।

घाइते डिएपि सहित प्रहरीहरुको स्थानिय गरुडा स्थित ग्राण्डि सिटी अस्पतालमा उपचार भइरहेको एसपि साहले बताए। गए राती अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा कोरोना जोखिम बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत बैशाष २१ गतेबाट निषेधाज्ञा जारी रहेको छ ।

२०७८ जेठ २४ गते प्रकाशित


तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४९

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५...

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:११

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि...

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:१०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:०५

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने...