प्याब्सन, एनप्याब्सन र मिदास टेक्नोलोजिज् प्रा.लि को सहकार्यमा निशुल्क परामर्श सेवा सञ्चालनमा

वि.सं.२०७८ जेठ २३ आइतवार

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीज् प्रा. लि. को सहकार्यमा आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर एक महिनाको लागिMero Doctor – Online Video consultation Service मार्फत निशुल्क स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था गरेको छ ।
कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न यी संस्थाहरुले संयुक्त रुपमा सहजीकरणको बाटो अपनाएका हुन् ।
मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएकोMero Doctor (Telemedicine सेवा) मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिइरहेका छन् । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट Mero Doctorमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नुहुनेछ ।
Mero Doctor बाट सेवा कसरी लिने ?
बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो Telemedicine सेवा लिन सक्नुहुनेछ ।
यदि एन्ड्र«ोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor’ एप डाउनलोड गर्न सकिन्छ ।
आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Doctor’ एप डाउनलोड गर्न सकिन्छ ।
ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा ‘धधध।mभचयमयअतयच।अयm’ टाइप गरेर यो सेवा लिन सकिन्छ ।
‘Mero Doctor’ कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com ले तपाईँलाई थप मद्दत गर्नेछ । तपाईँहरूको सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।
वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ:
9847691129, 9823012581, 9847393153, 9847396536
२०७८ जेठ २३ गते प्रकाशित

प्रकाशित समय : १२:२१ बजे