साल्ट ट्रेडिङले बल्ल गर्यो दोस्रो त्रैमासको विवरा सार्वजनिक, नाफामा सामान्य वृद्धि
वि.सं.२०७८ जेठ २३ आइतवार
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समयमा बल्ल दोस्रो त्रैमाससम्म वित्तीय विवरण सर्वाजनिक गरेको छ ।
कम्पनीको सार्वजनीक विवरण अनुसार समिक्षा अवधिमा नाफामा सामान्य सुधार आएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ५२ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिको तुलनमा कम्पनीको नाफा ५.४७ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ करोड ३९ लाख ८६ हजार रुपैयाँ नाफा गरेको थियो ।
यस्तै, कम्पनीको कुल सम्पत्ति पनि ६.४७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ८ अर्ब ७८ करोड ९८ लाख ६९ हजार रहेकोमा यस वर्षको सोही अवधिमा ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्तपुँजी १९ करोड २० लाख २४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम १ अर्ब ३१ करोड ४७ लाख १९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर वार्षिक आम्दानी २६ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ ४ सय १४ रुपैयाँ ९० पैसा रहेको छ ।
२०७८ जेठ २३ गते प्रकाशित
प्रकाशित समय : १०:५८ बजे