आज देशभरमा ८,२४३ ले जिते कोरोना संक्रमण
वि.सं.२०७८ जेठ २२ शनिवार
काठमाडाँै । नेपालमा आज ८२४३ जनाले कोरोना संक्रमणलाई परास्त पारेका छन् । सोही अवधिमा थप ५०४२ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।
अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।
२०७८ जेठ २२ गते प्रकाशित
प्रकाशित समय : १२:४१ बजे