back

भारतमा पछिल्लो २४ घण्टामा १२०,५०० बढी संक्रमित

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो ।
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
यो सङ्ख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ ।
भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् ।
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण तीन हजार ३८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कुल सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त भएको पाइएको छ ।

२०७८ जेठ २२ गते प्रकाशित


देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

वि.सं.२०८१ माघ २८ सोमवार १४:२४

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन...