back

फिदिममा ‘हुनेले दिने, नहुनेले लिने’ अभियान सञ्चालन

फिदिम । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् ।

अभियानमा संलग्न युवाहरु स्वंयले रकम सङ्कलन गरी अभियान थालेका थिए । यस क्रममा अभियन्ताहरु स्वयंबाट रु। ४० हजार, नेपालभित्रैबाट रु ४२ हजार ९६८, विदेशमा रहेका नेपालीहरुबाट रु २४ हजार ४२६ र रु १३ हजार ६९० बराबरको खाद्यान्न गरी रु। एक लाख २१ हजार ८४ प्राप्त भएको अभियन्ताले जनाएका छन् ।

अभियन्ताले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या पर्ने परिवारहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरु समेत उपलब्ध गराएका छन् । सहयोग अभियानअन्तर्गत हिँजो फिदिम नगरपालिका वडा नं। १, २ र ४ का २२ परिवारका ५४ जनालाई सहयोग गरिएको अभियन्ता उपेन सापकोटाले बताए।

अभियानमा प्रतिव्यक्ति पाँच किलो चामलसहित दैनिक आवश्यक खाद्यान्नका सामग्रीहरु परिवार सङ्ख्याका आधारमा वितरण गरिने सापकोटाले जानकारी दिए । फिदिमका विभिन्न पेशामा आवद्ध युवाहरु यो अभियानमा जोडिएका छन् । अभियानमा रकम सङ्कलन गर्दै जाने र सहयोग पनि उपलब्ध गराउँदै जाने उनीहरुको योजना छ ।

२०७८ जेठ २२ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...