back

कोभिडको सङ्क्रमण नघटेपछि अफगानिस्तानका विद्यालय बन्द रहने

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नघटेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा बन्द गरिएका विद्यालयहरु बन्दको निर्णयलाई निरन्तरता दिने बताइएको छ ।
यसअघि अफगानिस्तानको सरकारले दुई हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर त्यहाँ अहिले पनि कोभिडको सङ्क्रमण घटेको छैन ।

कोभिडको सङ्क्रमण नघटेको भन्दै आगामी हप्तासम्मका लािग बन्द गरिएका विद्यालयहरु थप बन्द हुने अफगानिस्तान सरकारले जनाएको छ । कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले सरकारले गतहप्ता उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

यसअघि अफगानिस्तानको सरकारले एक हप्ताको लागि भन्दै कोभिड–१९ नियन्त्रणका लागि काबुल, घाज्नी, हेलमाण्ड, कान्दाहर, लोगर, नानगर, परवान, मैदान वार्ड, पञ्जशीर, बल्ख, लघमान, बद्दाशान, कपिसा, कुन्दुजलगायतका प्रान्तका सरकारी तथा निजी विद्यालयहरू र विश्वविद्यालयहरू बन्द गरिएको बताएको थियो ।

अफगान सरकारले अफगानिस्तानमा अहिलेसम्म कूल सङ्क्रमितको संख्या ७५ हजारभन्दा बढी पुगेको जनाएको छ । यस सङ्क्रमणबाट यहाँका करिब तीन हजार सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

२०७८ जेठ २१ गते प्रकाशित


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...