कांग्रेस युवानेता खतिवडा स्वास्थ्य सामग्री लिएर पुगे गृह जिल्ला
वि.सं.२०७८ जेठ २० बिहीवार
काठमाडौँ । नेपाली काग्रेस प्रभावशालि युवानेता रामहरी खतिवडा स्वास्थ्य सामाग्रीहरु लिएर गृहजिल्ला (ओखलढुंगा) पुगेका छन् । नेता खतिवडा दोश्रो चरणको कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका
निमित्त ९५ हजार सर्जिकल मास्क, २००० के एन ९५ मास्क, ४५० लिटर सेनिटाइजर, १५ थान पि पि ए सेत र १५०० थान हात धुने साबुन लगायतका स्वास्थ्य सामग्री लियर गृह जिल्ला पुगेका हुन् ।
स्वास्थ्य सामग्री लियर गृह जिल्ला पुगेका खतिवडाले अफ्ठारो परेको बेला आफुलाई भन्न आग्रह गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले घरघरमा पुगेर अवस्था अनुसार सहयोग गर्न मन भएपनि त्यस्तो अवस्था नरहेको बताउँदै दुख व्यक्त गरे । उनले भने ‘यस्तो आफ्ठेरो बेला सबैले घरमै आए हुन्थ्यो भन्ने थियो र मलाई पनि सके–सम्म पुग्ने रहर थियो तर यो वेला समय परिस्थिती प्रतिकुल छ । लकडाउनको बेला म लुखुर–लुखुर डुल्न पनि नमिल्ने त्यसैले मन भरी सबैसँग भेट्ने रहरहरु हुँदा हुँदै पनि नसकेकोले दुखित तुल्याएको छ ।’
सम्पुर्ण ओखलढुंगालि जनताहरु आफ्नो आमा–बुबा, दाजुभाई तथा आफ्नै परिवार समान समान भएको बताउँदै खतिवडाले कसैलाई पनि भोकले मर्न नदिने प्रतिबद्धता जाहेर गरेका छन् । उनले आफु सकेसम्म आफ्नो कर्तव्य पुरा गर्ने बताए ।
खतिवडाले ल्याएको सम्पूर्ण स्वास्थ्य सामाग्रीहरु ७५ वटै वडाहरुमा १ हजार सर्जिकल मास्क र ५ लिटरको दरले सेनिटाइजर प्रत्यकले पाउने गरी र के एन ९५ मास्क, बाँकी सर्जिकल मास्क र हाट धुने साबुनहरु स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरुलाई दिने गरी जिल्ला प्रशासन कार्यालयमा जिम्मा लाएको थियो । ७ लाख बराबरको स्वास्थ सामग्रीहरु ल्याएको र आजै काठमान्डौ फर्किने कार्यक्रम रहेको खतिवडाक स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।
२०७८ जेठ २० गते प्रकाशित
प्रकाशित समय : ०६:४० बजे