back

हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मकः हस्तकला महासङ्घ

काठमाडौँ । नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख गरे ।

“हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनका निमित्त सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनरकर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था सकारात्मक छन्”, उनले भने ।

सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने नेपाल सरकारको प्रतिबद्धता राम्रो भएको महासङ्घको भनाइ छ । प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध गराउन सरकारी बजेटले सम्बोधन गरिएको सीप विकास तथा रोजगारी मूलक तालिम कार्यक्रम सराहनीय रहेको अध्यक्ष शाक्यले बताए ।

यस्तै महासङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको हस्तकला नीति कार्यान्वयनमा ल्याउनुपर्ने महासङ्घको सुझावप्रति बजेट मौन रहेको र सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्ने महासङ्घको सुझावलाई बेवास्ता गरिएको महासङ्घले जनाएको छ ।

२०७८ जेठ २० गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...