back

हटाइए पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ ।

सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ । कोषको जग्गामा स्थायी र अस्थायी गरी ५२ वटा संरचना निर्माण भएका छन् । तीमध्ये १४ वटा अस्थायी टहरा हटाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए।
स्थायी संरचना निर्माण गरेर बस्नेलाई छिटोभन्दा छिटो हट्न कोषले सूचना जारी गरेको छ । हाललाई कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण केही दिनलाई समय दिएपनि निषेधाज्ञा खुलेसँगै संरचना नछोडे कोष भत्काउन बाध्य हुने सूचनामा उल्लेख गरिएको छ ।

यो क्षेत्रमा वृद्धाश्रम, गौशाला, हिन्दू विश्वविद्यालयलगायत संरचना बनाउने प्रस्तावित गुरुयोजनामा समावेश गरिएको छ । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गा क्षेत्रका स्थानीयवासीलाई पनि जग्गा एकीकरण गरी गोठाटारमा नै बसाइने जनाइएको छ । पशुपतिपारिको राममन्दिरमुनिको तिलगङ्गा क्षेत्र अधिग्रहणका लागि यसअघि नै मुआब्जा वितरण भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सुझाव अनुसार गुरुयोजना पुनरावलोकनलाई अन्तिम चरणमा पु¥याएकामा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण केही काममा ढिलाई भएको सदस्य सचिव ढकालले सुनाए।

सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजनालाई अन्तिम रुप दिन गत जेठ १५ गते जारी बजेट वक्तव्यमा रु ३५ करोड विनियोजन गरेको छ । पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दूलगायत धर्मावलम्बीलाई आकर्षित गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी गुरुयोजना तयार पार्न लागिएको कोषले जनाएको छ ।

२०७८ जेठ १९ गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना: आन्दोलनलाई थप चर्काइने

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना: आन्दोलनलाई थप चर्काइने

वि.सं.२०८१ चैत १ शुक्रवार १४:२५

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार...